बुधबार, २२ अप्रिल, २०२६
21:58 | ०२:४३

अमेरिका-इरान युद्धविराम विस्तारको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

रासस/क्युएनए अप्रिल २२, २०२६

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्ध विरामको म्याद थप गर्ने अमेरिकी घोषणालाई स्वागत गरेका छन् ।

महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्ध विरामको म्याद थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्वपूर्ण स्थान सिर्जना गर्ने बताएका छन् ।

उनले सम्बन्धित पक्षलाई युद्धविरामको म्याद थप गरी युद्ध विराम कमजोर पार्न सक्ने कार्यहरूबाट टाढा रहन र स्थायी समाधानमा पुग्न रचनात्मक वार्तामा संलग्न हुन प्रोत्साहित गरेका छन् ।

डुजारिकले वार्तालाई सहज बनाउने पाकिस्तानको प्रयासलाई महासचिवको पूर्ण समर्थन रहेको पुष्टि गर्दै यो प्रयासले द्वन्द्वको स्थायी समाधानमा पुग्ने अवस्था सिर्जना गर्न योगदान पु¥याउने आशा व्यक्त गरेका छन् ।

द्वन्द्व अन्त्य गर्ने र स्थायी समाधान खोज्ने उद्देश्यले अमेरिका र इरानबीच दोस्रो चरणको वार्ताका लागि पाकिस्तानी नेतृत्वको प्रयासको बिचमा राष्ट्रसङ्घको स्वागत आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानले स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेस नगरेसम्म इरानसँग युद्धविराम विस्तार गर्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू