शनिबार, १८ अप्रिल, २०२६
10:08 | १४:५३

शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी कायमै

रासस/एएफपी अप्रिल १८, २०२६

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताएका छन् ।

इजरायल र लेबनानबीचको युद्धविराम सम्झौतापछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबन्दी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ ।

तेहरान र वासिङ्टनबीच यस अघि भएको युद्धविराम बुधवार समाप्त हुंदैछ ।

युद्धविराम विस्तार हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई युद्धविराम विस्तार 
नगर्ने तर नाकाबन्दी जारी राख्ने बताएका छन् ।

यस अघि पाकिस्तानमा भएको वार्तामा अमेरिका र इरानका मागहरूबीच मुख्य भिन्नता भएका कारण सहमतिमा पुग्न असफल भएको थियो ।

ट्रम्पले पत्रकारहरूसंग इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा कुनै शुल्क नलगाउने बताएका छन् ।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले होर्मूज खोल्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ धेरै खुसी भएको उल्लेख गरेका छन् ।

आगामी मे महिनामा बेइजिङमा आयोजना गरिएको शिखर सम्मेलनबारे उल्लेख गर्दै ट्रम्पले चीनमा आफ्ना समकक्षी सी जिनपिङसँग विशेष र ऐतिहासिक भेटघाट हुने बताएका छन् ।

फेब्रुअरी– २८ देखि सुरु भएको युद्ध अन्त्य गर्ने योजना अन्तर्गत तेहरानले इरानमा भण्डार गरिएको युरेनियम संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नु पर्ने कुरामा पनि ट्रम्पको जोड छ ।

यस अघि इरानको विदेश मन्त्रालयले आफ्नो युरेनियम कतै पनि हस्तान्तरण नगर्ने बताएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू