शुक्रबार, १७ अप्रिल, २०२६
20:54 | ०१:३९

लेबनान र इजरायलबीच युद्धविराम

रासस/क्युएनए अप्रिल १७, २०२६

युद्धका कारण विस्थापित मानिसहरू आफ्नो घर फर्किँदा सिडोन दक्षिणतर्फ भारी ट्राफिक । तस्विरः गेट्टी इमेजेज

बेरुत, वैशाख ४ गते । लेबनान र इजरायलबीच युद्धविराम सम्झौता लागू भएको छ ।

शुक्रबार दुई देशबीच १० दिनको युद्ध–विराम सुरु भएको जनाइएको छ । ति देशले दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले वार्ताका लागि अस्थायी युद्धविराम गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् । युद्धविरामका लागि अमेरिकाले मध्यस्तताको भूमिका निर्वाह गरेको थियो ।

स्थायी सुरक्षा व्यवस्था र शान्तिका लागि वार्ताको वातावरण सिर्जना गर्ने प्रयासमा लेबनान र इजरायल दुवैले युद्धविराम लागू गर्ने अमेरिकी विदेश विभागले पुष्टि गरेको छ ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले युद्धविरामको घोषणालाई स्वागत गर्दै यसलाई वाशिङ्टनमा हालैको वार्तामासमेत द्वन्द्वको सुरुवात देखि बेरुतले चाहेको प्रमुख विषयको रुपमा वर्णन गरेका छन् ।

यसैबीच, लेबनानी सेनाले नागरिकलाई युद्धविराम पूर्णरूपमा लागू नभएसम्म दक्षिणी क्षेत्रका गाउँ र सहरमा नफर्कन आग्रह गरेको छ भने इजरायली सेनाले कब्जा गरेको क्षेत्र नजिक नआउन पनि चेतावनी दिएको छ ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार द्वन्द्व सुरु भएदेखि लेबनानमा दुई हजार १९६ जनाभन्दा बढी मानिसले मृत्युवरण गर्नुका साथै ७ हजार १८५ भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू