तीन वर्षमा एक हजार बढी मानवीय कामदार मारिए-राष्ट्रसंघ


न्युयोर्क। संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिला उप-महासचिव टम फ्लेचरले सन् २०२५ मा २१ वटा देशमा कम्तीमा ३२६ जना मानव अधिकारवादी सहायता कर्मीको हत्या गरिएको पुष्टि गरेका छन् ।
गत तीन वर्षमा आक्रमणको कारण पीडित हुनेहरुको संख्या एक हजार भन्दा बढी पुगेको जनाउदै उहाँले पछिल्लो समयमा मानवीय कामदारलाई लक्षित गरी आक्रमण वृद्धि भएको चेतावनी दिएका छन् ।
मानवतावादी कामदार र संयुक्त राष्ट्रका कर्मचारीको सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषदमा भएको साक्षातकारमा फ्लेचरले विगत तीन वर्षमा गाजा र वेस्ट ब्याङ्क क्षेत्रमा ५६० जना भन्दा बढी मृत्यु भएको जनाएको छ ।
अघिल्लो अवधिको तुलनामा विगत तीन वर्षमा मृत्युको संख्या तीन गुणा बढेको उल्लेख गर्दै उनले यो वृद्धि केवल संयोग मात्र नभई सुरक्षा प्रणालीको पतन भएको बताएका छन् ।
उनले मानवतावादी कामदार युद्व प्रभावितलाई खाना, पानी, र औषधिलगायतका अत्यावश्यक सामाग्री वितरण गर्दै गर्दा मारिएको उल्लेख गरेका छन् ।


