इरानका आणविक ऊर्जा केन्द्रमा आक्रमण



फाइल तस्विर
भियना, चैत १४ गते । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रमा आक्रमण भएपनि कुनै विकिरण जोखिम नदेखिएको जनाएको छ ।
निकायले इरानलाई उधृत गर्दै दिएको जानकारी अनुसार केन्द्रीय क्षेत्रमा अवस्थित खोनदाबको भारी पानी उत्पादन केन्द्रमा इजरायल अमेरिकी हवाई आक्रमण भएको थियो ।
उक्त केन्द्रमा घोषणा गरिएको कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ । त्यस्तै, खुजेस्तान प्रान्तमा रहेको इस्पात उत्पादन गर्ने उद्योगमा पनि आक्रमण भएको जानकारी दिइएको छ । उक्त उद्योगमा औद्योगिक मापनका लागि बन्द रेडियोधर्मी स्रोत प्रयोग गरिन्छ ।
निकायले उक्त स्थानबाट बाहिर कुनै विकिरण फैलिएको पुष्टि नभएको जनाएको छ । यी आक्रमण फागुन १६ गतेदेखि सुरु भएको अमेरिका–इजरायल–इरानबीचको करिब एक महिनादेखि जारी द्वन्द्वका क्रममा भएका हुन् । हालसम्म ती पक्षबीच भीषण सङ्घर्ष जारी रहे पनि युद्धविरामतर्फ कुनै ठोस प्रगति भएको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


