भारतले लगातार दोस्रो पटक जित्यो आइसीसी टी–२० विश्वकप



लण्डन–आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ।
आइतबार गुजरातको अहमदावादमा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले उपाधि हात पारेको हो। यससँगै भारतले लगातार दोस्रो पटक टी–२० विश्वकप जित्ने सफलता हासिल गरेको छ।
२५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमै १५९ रनमा अलआउट भयो। न्युजिल्यान्डका लागि टिम सेइफर्टले सर्वाधिक ५२ रन बनाए। त्यस्तै कप्तान मिचेल स्यान्टनरले ४३ तथा डेरिल मिचेलले १७ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकको रन बनाउन सकेनन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले आक्रामक सुरुवात गरेको थियो। अभिषेक शर्मा र सन्जु सामसनको ओपनिङ जोडीले पावरप्लेभित्रै ९२ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएको थियो।
भारतका लागि सन्जु सामसनले सर्वाधिक ८९ रन बनाए भने अभिषेक शर्माले २१ बलमा ५२ रनको शानदार इनिङ्स खेले। त्यस्तै इशान किशनले ५४ रन बनाउँदा हार्दिक पाण्ड्याले १८ रन जोडे। तिलक वर्मा ८ रनमा आउट हुँदा शिवम दुबे २६ रनमा अविजित रहे।
भारतले निर्धारित २० ओभरमा ठूलो योगफल तयार पारेपछि न्युजिल्यान्ड दबाबमा परेको थियो। भारतीय बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै न्युजिल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिँदा भारतले ९६ रनको फराकिलो जित दर्ता गर्दै विश्वकपको उपाधि आफ्नो नाममा पार्यो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


