आइतबार, २० सेप्टेम्बर, २०२६
03:35 | ०८:२०

युद्ध चर्किएपछि खाडी मुलुकका दूतावास र कूटनीतिक मिसन बन्द गर्ने अमेरिकी घोषणा

रासस मार्च ३, २०२६

इरानी आक्रमणबाट कुवेत शहरमा रहेको अमेरिकी दूतावास नजिकै धुवाँ उडिरहेको दृश्य। तेहरानले खाडी देशहरूमा श्रृंखलाबद्ध आक्रमणहरू सुरु गरेको छ। तस्विर–एएफपी

वासिङ्टन । बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुकस्थित दूतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ ।

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा मङ्गलवार देखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरू बन्द गरिएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ । यस अघि साउदी अरबका अधिकारीहरूले रियादमा रहेको दूतावासमा दुईवटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए ।

कुवेत स्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत अर्को सूचना जारी नभए सम्म सम्पूर्ण सेवाहरू निलम्बन गरेको छ ।

अमेरिकी विदेश विभागले गैर–आवासीय कर्मचारी उनीहरूका परिवारका सदस्यहरूलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ ।

विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारहरूलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराककालाई अनुरोधसमेत गरेको जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा तीव्र रूपमा द्वन्द्व बढिरहेका समयमा यस्तो घोषणा गरेको हो । गत शनिवार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेतासहित कमान्डरहरूको मृत्यु भए पछि द्वन्द्व चर्किएको थियो ।

प्रतिक्रियामा, इरानले इजरायल र अन्य क्षेत्रीय संरचना विरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ, जसले द्वन्द्वलाई अझै बढी सक्रिय बनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू