अमेरिका र इजरायलले इरानमाथि गरे सैन्य आक्रमण, मध्यपूर्वमा बढ्यो टकराव



लन्डन । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्ध शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गरेका छन् ।
राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो आक्रमण भएको रिपोर्ट आएको छ । त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उडेको देखिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसन’ सुरु गरेको बताएका छन् ।
उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गरे ।
यसैबीच, ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमा थिए थिएनन् स्पष्ट भएको छैन । अमेरिकासँग बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन् ।
आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै मध्यपूर्व क्षेत्रमा लडाकू जेट र युद्धपोत तैनाथ गरिरहेको अवस्थामा भएको हो । इजरायली अभियानमा इरानी सेना, सरकारी प्रतीक तथा गुप्तचर संरचना लक्षित गरिएको एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् ।
तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडक बन्द गरिएका छन् भने राजधानी भर अन्य विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन । इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र मोबाइल सेवा पनि अवरुद्ध गरिएको छ ।
छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको यातायात मन्त्रालयले जनाएको छ । इजरायल भर साइरन बजाइएको छ र सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ ।
इजरायलका अस्पतालले आकस्मिक प्रोटोकल लागु गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् ।
इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ । इरानी सेनाले इजरायलमाथि बदला लिने हमला सुरु गरेको बताएको छ।
इरानी आक्रमण भएको ठानिएको कतार, संयुक्त अरब इमिरेट्स र कुवेत लगायत यस क्षेत्रभरि पनि विस्फोटहरू देखिएको छ।
इरानले मध्यपूर्व क्षेत्र भर रहेका अमेरिकी सैन्य अड्डा र कर्मचारी सम्भावित जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताएका छन्, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
एक स्थानीय अधिकारीले सरकारी सञ्चालित इर्ना समाचार एजेन्सीलाई बताएअनुसार २८ फेब्रुअरीमा इरानको दक्षिणी मिनाब काउन्टीको होर्मोज्गान प्रान्तमा रहेको बालिका प्राथमिक विद्यालयमा इजरायली आक्रमणमा ४० जनाको मृत्यु भएको छ।
गभर्नर मोहम्मद रडमेहरले ४८ जना घाइते भएको र शजरेह तैयबेह बालिका विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या बढ्दै गएको बताए।
घटनाक्रमले मध्यपूर्वमा थप सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


