एनआरएनए अध्यक्षका प्रत्यासी शेरचनले बृहत् एकताका लागि गरे अपिल



टोकियो – गैरआवासीय नेपाली संघका उपाध्यक्ष रोविन शेरचनले संस्थाभित्र बृहत् एकताका लागि अपील गरेका छन्।
आगामी मार्च महिनामा हुन गइरहेको एनआरएनएको १२ औं महाविधेशनमा निर्वाचन प्रणाली, डेलिगेट्स छनोट लगायतका विषयमा विवाद चर्किएको बेला शेरचनले त्यस्तो अपील गरेका हुन्।
एनआरएनएको १२ औं महाविधेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेरचनले निर्वाचन प्रणाली, डेलिगेट्स छनोट लगायतका विषयमा व्यापक छलफल गरी सहमतिको बिन्दु पत्ता लगाउन आग्रह गरे।
जापान निवासी शेरचनले अहिले संस्था र प्रवासमा बस्ने नेपालीहरुको हितका लागि एकतावद्ध एनआरएनए नै प्रमुख आवश्यकता रहेको बताए ।
शेरचनले एकताको महाधिवेशनको विकल्प नभएको बताए ।
अध्यक्षका प्रत्यासी शेरचनले सवैले आफ्नो हठ त्यागेर संस्थालाई एकतावद्ध बनाउन अपिल गरे । उनले व्यक्ति भन्दा पनि संस्थागत हितका लागि सवैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।
केही समय अघि आफ्नो घोषणा पत्र पनि सार्वजनिक गरेका शेरचनले एनआरएनको निर्वाचन भौतिकरुपमा गर्नु नै उपयुक्त हुने पनि बताए । स्टेरिङ कमिटीले निर्वाचन प्रणालीबारे संकल्प प्रस्ताव ल्याउने निर्णय गरेकोतर्फ संकेत गर्दै शेरचनले सकेसम्म संसारभरकै सवै सदस्यहरुले मतदान गर्ने व्यवस्था गर्नु पर्नेमा जोड दिए ।
अहिले अनलाइन र भौतिक माध्यमबाट चुनावको विषयमा स्पष्ट निर्णय नभइसकेको अवस्थामा सवैलाई समेट्नका लागि सवै सदस्यले अनलाइनमार्फतबाट मतदान गर्न पाउने व्यवस्था उपयुक्त हुने पनि उनले उल्लेख गरे ।
विगतमा विभिन्न समूहमा विभाजित एनआरएनए नोभेम्बर ३० तारिखमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकतावद्ध भएका थिए । त्यतिबेला भएको १० बुँदे सहमति अनुसार मार्च १४–१६ काठमाडौंमा १२ औं महाधिवेशन हुँदैछ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


