शनिबार, १४ फ्रेब्रवरी, २०२६
12:05 | १७:५०

युक्रेन, अमेरिका र रूसबीच अर्को त्रिपक्षीय वार्ता फेब्रुअरी १७ र १८ मा

रासस/सिन्ह्वा फ्रेब्रवरी १४, २०२६

मस्को-केएभ, फागुन २ गते । युक्रेन, संयुक्त राज्य अमेरिका र रूसबीचको त्रिपक्षीय वार्ताको अर्को चरण जेनेभा, मस्को र किएभमा फेब्रुअरी १७ र १८ मा हुने भएको छ ।

रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने रूसी समाचार एजेन्सी तासले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ ।

युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमेरोभले सामाजिक सञ्जाल फेसबुकमार्फत सैन्य, राजनीतिक र सुरक्षा घटकलाई समावेश गर्दै युक्रेनी वार्ता टोली गठन गरिएको जनाएका छन् । यसै गरी उमेरोभले दिगो र स्थायी शान्ति प्राप्त गर्नु वार्तामा युक्रेनी प्रतिनिधिमण्डलको मुख्य लक्ष्य रहेको कुरामा जोड दिएका छन् ।

तीन देशबीच त्रिपक्षीय सुरक्षा परामर्शको पहिलो चरण जनवरी २३–२४ मा अबु धाबीमा भएको थियो, जहाँ रूसी प्रतिनिधि मण्डलको नेतृत्व सैन्य प्रमुख इगोर कोस्ट्युकोभले गरेका थिए । दोस्रो चरण अबुधाबीमा ४–५ फेब्रुअरीमा भएको थियो भने बैठकपछि अमेरिका रूस र युक्रेन ३१४ जना युद्ध बन्दी आदानप्रदानमा सहमत भएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू