शुक्रबार, ३० जनवरी, २०२६
17:01 | २२:४६

बेलायतका प्रधानमन्त्रीको चीन भ्रमण फलदायी: चिनियाँ विदेश मन्त्रालय

रासस/सिन्ह्वा जनवरी ३०, २०२६


बेइजिङ, माघ १६ गते । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गर्नु भएको छ ।

भ्रमण दुई देशबिचको कुटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बिषयमा फलदायी भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार बताउनु भएको छ ।

प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो- ‘बेलायती प्रधानमन्त्रीको यो आठ वर्षमा पहिलो चीन भ्रमण हो र प्रधानमन्त्री स्टार्मर सन् २०२६ मा चीनले प्राप्त गर्ने संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्यको प्रथम नेता पनि हुनुहुन्छ ।’

‘चीन बेलायतसँग दुई देशका नेताबीच भएको महत्वपूर्ण सहमति कार्यान्वयन र संयुक्त रूपमा दीर्घकालीन निरन्तर व्यापक रणनीतिक साझेदारी विकास गर्न तयार छ,’- प्रवक्ताले भन्नुभयो ।

यसैबीच, उइगुर अल्पसङ्ख्यक समूहविरुद्ध मानवअधिकार उल्लङ्घनको आलोचना गरेको भन्दै बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको प्रधानमन्त्री स्टार्मरले बताएको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू