शुक्रबार, ३० जनवरी, २०२६
10:18 | १६:०३

एनआरएनए १२औँ विश्व सम्मेलन तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन

नेपाली लिङ्क जनवरी ३०, २०२६

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) १२औँ विश्व सम्मेलन तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ।

परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २, २०८२ (मार्च १४–१६, २०२६) सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलन तयारी तथा व्यवस्थापनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा परराष्ट्र मन्त्रालयले उच्चस्तरीय आयोजक समिति गठन गरेको हो ।

सम्मेलन सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै समिति गठन गरिएको हो।

आयोजक समितिको अध्यक्ष परराष्ट्र मन्त्री र सदस्यहरूमा निम्न निकाय छन्। 

सदस्य, राष्ट्रिय योजना आयोग

सचिव, परराष्ट्र मन्त्रालय

सचिव, अर्थ मन्त्रालय

सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड

सह–सचिव, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा

सह–सचिव, आर्थिक कूटनीति महाशाखा

अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

अध्यक्ष, नेपाल उद्योग परिषद्

अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

डा. बद्री केसी, अध्यक्ष, गैर आवासीय नेपाली संघ

महेश कुमार श्रेष्ठ, अध्यक्ष, गैर आवासीय नेपाली संघ

प्रमुख कार्यकारी अधिकृत, गैर आवासीय नेपाली संघ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू