आइतबार, १४ डिसेम्बर, २०२५
20:56 | ०२:४१

सिड्नीको बोन्डी बिचमा गोली चल्दा ११ मारिए

रासस/सिन्ह्वा डिसेम्बर १४, २०२५

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोली काण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिड्नी प्रहरीले एक बन्दुकधारीको मृत्यु भएको र दोस्रो संदिग्धको अवस्था गम्भीर रहेको जनाएको छ ।

अष्ट्रेलियामा सामूहिक गोलीकाण्ड बिरलै हुने गर्छ, जसले गर्दा यो घटना ‘अझ स्तब्ध पार्ने’ रहेको न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले भनेका छन्।

यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुकैका मनाउने क्रममा झण्डै एक हजार जना छुट्टीमा समुद्र तटमा भेला भएका थिए।

‘अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा २९ जनालाई अस्पताल लगिएको छ र धेरैको घटनास्थलमै उपचार भइरहेको छ।

अस्ट्रेलियाको यहुदी संघका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुकैका कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताएका छन् ।

‘अल्बानिज सरकारलाई धेरै पटक चेतावनी दिइयो तर सरकार यहुदी समुदायको रक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको छ’, फ्रान्सको प्रसिद्ध समाचार संस्था एएफपीले ग्रेगरीलाई उधृत गरी लेखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू