शुक्रबार, १७ अक्टोबर, २०२५
14:56 | १९:४१

नेपालले हात पार्यो विश्वकप छनोटको ट्रफी

नेपाली लिङ्क अक्टोबर १७, २०२५

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया–इस्ट एसिया छनोटको ट्रफी जितेको छ। शुक्रबार अल इमिरेट्स मैदानमा भएको अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनले पराजित गर्दै उपाधि हात पारेको हो।

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो। आसिफ शेखले ६९ रन र दीपेन्द्र सिंह ऐरीले ५३ रनको अर्धशतकीय पारी खेले।

लक्ष्य पछ्याउँदै सामोआले ८७ रनमा सीमित रहँदा नेपालका ललित राजवंशीले ३ विकेट, र सन्दीप लामिछाने, करण केसी र रोहित पौडेलले एक–एक विकेट लिए।

यस जितसँगै नेपालले प्रतियोगिताको ट्रफी आफ्नो नाममा पार्दै उत्कृष्ट प्रदर्शनको श्रृंखला कायम राखेको छ।

तेस्रो पटक टी–२० विश्वकपमा पुगेको नेपालले छनोट खेलको ट्रफी पहिलो पटक जितेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

फोटो साभार:क्रिकेट एशोसियसनअफ नेपाल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू