शुक्रबार, ३ अक्टोबर, २०२५
रोमानियामा होटल आगलागी हुंदा दुई नेपाली महिलाले गुमाए ज्यान



नेपाली लिङ्क
सेप्टेम्बर ३०, २०२५
बुखारेष्ट । रोमानियाको प्रहोभा काउन्टीस्थित तातारानी शहरको एक होटलमा सोमबार भएको भीषण आगलागीमा दुई नेपाली महिला कामदारको ज्यान गएको छ ।
राजधानी बुखारेष्टबाट करिब ५२ किलोमिटर टाढा अवस्थित उक्त होटलमा २९ सेप्टेम्बर सोमबार राति आगलागी भएको हो । आगो निकै तेजमा करिब ५ सय स्क्वायर मिटर परसम्म फैलिएको थियो ।
मृत्यु हुनेमा सोही होटलमा कार्यरत २१ र २४ वर्षका नेपाली महिला छन् । उनीहरुको सनाखत हुन बांकी छ ।
ति नेपाली कामदार होटलको माथिल्लो तलामा सुतेको अवस्थामा ज्यान गएको डिजी २४ ले श्रोत उधृत गर्दै बताएको छ ।
आगलागीमा परेर घाइते भएका एकको अस्पतालमा उपचार भइरहेको छ भने होटल बाहिर सुतेका अर्का एक जना सकुशल छन्।
उक्त होटल व्यवस्थापनले अग्नि सुरक्षा सम्बन्धी नियम कानून पालना नगरेका कारण स्थानीय प्रशासनले एक साताअघि नै बन्द गरेको समाचारहरुमा उल्लेख छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५