शुक्रबार, १९ सेप्टेम्बर, २०२५
11:58 | १६:४३

सिङ्गापुर विश्वकै सबैभन्दा सुरक्षित देश

रासस/सिन्ह्वा सेप्टेम्बर १९, २०२५

संयुक्त राष्ट्र, असोज ३ गते । ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको हो ।

सर्वेक्षण अनुसार, सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीले राती एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका छन् । यो दर ग्यालपले विश्वभर सङ्कलन गरेका तथ्याङ्कमध्ये उच्चतममा पर्दछ । पुरुष र महिलाबीच पनि सुरक्षा अनुभूतिको स्तर झन्डै बराबर देखिएको छ । 

साथै, ९८ प्रतिशत पुरुष र ९७ प्रतिशत महिलाले राती एक्लै हिँड्दा आफू सुरक्षित महसुस भएको बताएका छन् । प्रतिवेदनमा सिङ्गापुरको यो सफलताको कारणको रूपमा न्यून अपराध दर, प्रभावकारी कानुन कार्यान्वयन र कडाइका साथ पालन गरिने सार्वजनिक अनुशासनलाई उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू