सोमबार, २५ अगस्ट, २०२५
एनआरएनए माल्टाले वृद्धा र अशक्त २२ जना आमालाई खुवायो दर



नेपाली लिङ्क
अगस्ट २५, २०२५
माल्टा– नेपाली नारीहरुको प्रमुख चाड हरितालिका तीजको अवसरमा एनआरएनए एनसिसी माल्टाले काठमाडौँस्थित ‘आमा घर’ मा आश्रित वृद्धा र अशक्त २२ जना आमाहरुलाई दर खुवाएको छ ।
आमाहरुलाई स्नेह र सम्मान स्वरूप विशेष भोजन तथा एक–एक थान कपडा प्रदान गरिएको थियो ।
‘परदेशको भूमिबाट सम्झना गर्दै एनआरएनए एनसीसी माल्टाका कार्यसमितिका साथीहरुले सानो योगदानमार्फत उहाँहरूको अनुहारमा झल्किएको मुस्कान देख्न पाउनु हाम्रो लागि अनुपम खुशी र प्रेरणा बनेको छ’, एनआरएनए एनसिसी माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले भने ।
एनआरएनए एनसिसी माल्टाले विगतमा पनि यस्तै सामाजिक कामहरु गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५