मंगलबार, १९ अगस्ट, २०२५
18:47 | २३:३२

एनआरएनए विवाद समाधान गरेर देशको समृद्धिमा लाग्न कुलमान घिसिङको आग्रह

नेपाली लिङ्क अगस्ट १९, २०२५


एम्स्टरड्याम- हाल युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले गैरआवासीय नेपालीहरुलाई आन्तरिक विवाद समाधान गरेर  एकताबद्ध भई सामूहिक रूपमा देशको समृद्धिमा लागि पर्न आग्रह गरेका छन्।

उनले सही नीति बनाएर गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिंदा मुलुकलाई धेरै लाभ हुने पनि बताए।

एनआरएनए द नेदरल्यान्ड्सद्वारा मंगलबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले नेपालको विकासलागि मेरिटोक्रेसीमा जोड दिनुपर्ने बताए ।

देश र जनताको लागि जिम्मेवारीपूर्वक काम गर्दा गर्दै पनि सरकारले बर्खास्त गरे पछि बहराइनबाट गत महिना आफुले उज्यालो नेपाल अभियान सुरु गरेको घिसिङले  बताए।

“नेपालमा नकारात्मकता छाएको छ, सबै जसोले नकारात्मक कुरा मात्र गर्नाले पनि देशक़ो युवा जनशक्ति देशबाट पलायन भएको अवस्था छ, उज्यालो नेपालक़ो एउटा उद्देश्य सकारात्मकता फैलाउनु र मुलुकका उपलब्ध अवसरहरु उजागर गर्नु पनि हो ,” उनले भने।  

नेपालमा ऊर्जा सम्बद्ध अवसरहरु जस्तै जलविद्युत, सौर्य ऊर्जा, चार्जिङ स्टेशन, डेटा सेन्टर आदिमा लगानी गर्न पनि उनले आग्रह गरे।

“अब प्याच वर्कमा मात्र सुधार गरेर मुलुकक़ो रुपान्तरण हुँदैनअब मूल राजनैतिक नेतृत्वमा नै सही परिवर्तन आउनु जरुरी छ । आफ्नो यो लामो ज्ञान, सिप र अनुभवलाई देशक़ो रुपान्तरण गर्ने काममा उपयोग गर्न म प्रतिबद्ध छु’, उनले भने।

उनले प्रवासमा रहेका नेपालीहरुलाई डिजिटल माध्यमबाट उज्यालो नेपाल अभियानमा जोडिन पनि आह्वान गरे


कार्यक्रमक़ो अध्यक्षता गरिरहेका एनआरएनए नेदरल्यान्ड्सका अध्यक्ष बिष्णु प्रसाद पोखरेलले घिसिङलाई स्वागत गर्दै नेपाललाई लोडशेडिङबाट मुक्त गरेर विद्युत निर्यात गर्ने अवस्था सम्म पु याउन उनले गरेको योगदानको प्रशंसा गरे। 

उनले उज्यालो नेपाल अभियानमा गैर आवासीय नेपालीहरुको पनि साथ सहयोग हुने बताए। कार्यक्रम संचालन उपाध्यक्ष अमित कार्कीले गरेका थिए

कार्यक्रम व्यवस्थापनमा एनआरएनए नेदरल्यान्ड्सका पूर्व अध्यक्ष मिम पूर्जा र शान्ति ठोकर लगायतले सघाएका थिए । 

कार्यक्रममा एनआरएनए नेदरल्यान्ड्सका निवर्तमान अध्यक्ष थानेश्वर कडेल, आइसीसी सदस्य सीता सापकोटा, पूर्व अध्यक्ष प्रेमजंग गुरुङ, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, तामाङ समाज नेदरल्यान्ड्स लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू