आइतबार, ३ अगस्ट, २०२५
00:41 | ०५:२६

तमु समाज यूकेका संस्थापक अध्यक्ष गुरुङलाई अमेरिकामा स्वागत सम्मान

नेपाली लिङ्क अगस्ट २, २०२५

न्यू ह्याम्सायर (अमेरिका)– गुरुङ सोसाइटी अफ न्यू ह्याम्सायरले अमेरिका भ्रमणमा रहेका तमु समाज यूकेका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, सामाजिक व्यक्तित्व चित्रबहादुर गुरुङ, पूर्व उपाध्यक्ष श्रीमती विजु गुरुङ र समाजसेवी श्रीमती जयन्ती गुरुङलाई भव्य स्वागत तथा सम्मान गरेको छ। जुलाई ३१ मा संस्थाको आफ्नै भवनमा कार्यक्रम गरिएको हो।

कार्यक्रमको अध्यक्षता गुरुङ सोसाइटी अफ न्यू ह्याम्सायरका अध्यक्ष विकास गुरुङले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि चित्रबहादुर गुरुङले तमु समाज यूकेको स्थापना कालदेखि अहिलेसम्म समाजले सञ्चालन गरेका विविध सामाजिक तथा सांस्कृतिक गतिविधिबारे विस्तृत जानकारी दिए ।  

सोही कार्यक्रममा गुरुङ सोसाइटी अफ न्यू ह्याम्सायरका सल्लाहकार सोम गुरुङले संस्थाको विगत र वर्तमान अवस्थाबारे संक्षिप्त विवरण प्रस्तुत गरे । कार्यक्रममा उपाध्यक्ष श्रीमती बबिता गुरुङले स्वागत मन्तव्य दिइन् ।

समारोहमा समाजका सल्लाहकार, वर्तमान कार्यसमिति सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।

तमु समाज यूकेका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक चित्रबहादुर गुरुङ

कार्यक्रमको विशेष अवसरमा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङज्यूद्वारा गुरुङ सोसाइटी अफ न्यू ह्याम्सायरको चौतर्फी विकासका लागि $५०० (पाँच सय अमेरिकी डलर) आर्थिक सहयोग प्रदान गरे, जसलाई अध्यक्ष विकास गुरुङले ग्रहण गरेका थिए ।

गुरुङ सोसाइटी अफ न्यू ह्याम्सायरले उक्त सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै उच्च आभार प्रकट गरेको छ । सो कार्यक्रम सञ्चालन महासचिव किरण गुरुङले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू