मंगलबार, २९ जुलाइ, २०२५
17:07 | २१:५२

एनआरएनए स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित

नेपाली लिङ्क जुलाइ २९, २०२५


म्याड्रिड-  गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गएको डेढ दशकदेखि स्पेनमा बस्दै आएका श्रेष्ठ एक सफल व्यवसायी पनि हुन् ।

आईसीसी सदस्यमा रोशन पाठक चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भुजेल थापा, उपाध्यक्षहरुमा खुल्ला तर्फ जमुनादेवी सापकोटा, दिपक बस्नेत, महिलातर्फ मालती पन्त र क्षेत्रगतमा देवराज सापकोटा चयन भएका छन् ।

यस्तै महासचिवमा नवीन घिमिरे, उपमहासचिवमा सुबास बहादुर विष्ट, सचिवमा खुल्ला तर्फ गणेशराज अधिकारी, प्रविन लोहार, क्षेत्रगत दिलकुमारी तामाङ (म्याड्रिड), नवराज दुवाडी (कोष्टाव्लाङ्का) चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा नारायण प्रसाद सुवेदी, सहकोषाध्यक्षमा सुमन खड्का चयन भएका छन् ।

महिला संयोजकमा लक्ष्मी घिमिरे शर्मा, युवा संयोजकमा दिपिका श्रेष्ठ, युवा उपसंयोजकमा प्रल्हाद कार्की चयन भएका छन् । 

यस्तै सदस्यहरुमा मोहनराज गौतम, चन्द्रकान्त पोखरेल, भिमसेन कार्की, विष्णुबहादुर सार्की तथा सम्बर बहादुर गिरी चयन भएका छन् । जुलाई ३० मा हुने नवौं राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमितिले सपथ लिनेछ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै मतदातालाई धन्यवाद दिनुका साथै स्पेनस्थित नेपाली समुदायको चाहना बमोजिम समाजलाई एकताबद्ध बनाउन आफूले सक्दो पहल गर्ने जनाएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू