शनिबार, १९ जुलाइ, २०२५
00:10 | ०४:५५

एमआइएस र सचिवालय कब्जा गरी एनसीसीहरु फुटाउने खेलमा केसी समूह लागेको आरोप

नेपाली लिङ्क जुलाइ १८, २०२५

अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्षहरुले एकता कायम राख्न अपिल गरेका छन् । 

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको अधिवेशन सम्पन्न गरिसकेको अवस्थामा अहिले विभिन्न देशमा एनसीसीको अधिवेशन हुन लागेको छ ।

तर अहिले पनि आधिकारिक निर्वाचित कमिटीलाई निषेध गरिरहेको बद्री केसी नेतृत्वको अवैधानिक कमिटीले एमआइएस र सचिवालय कब्जा गरी एनसीसीहरु फुटाउने खेल सुरु गरेको छ । 

अमेरिका भ्रमणमा गएका बेला आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठसहितको उपस्थितिमा अर्जुन बन्जाडे र सूर्य लम्साल नेतृत्वको कमिटीबीच एकता गर्ने सहमति भएको थियो ।

अहिले अधिवेशनका नाउँमा पहिला नै गठन गरिएको निर्वाचन समिति भंग गर्ने काम बद्री केसी पक्षबाट भएपछि अमेरिकामा त्यसको विरोध भएको छ । 

एनसीसी अमेरिकाको नेतृत्व गरिसकेका पूर्व अध्यक्षहरु खगेन्द्र जीसी, डा. केशव पौडेल, सुनील साह र बुद्धि सुवेदीले संयुक्त अपिल जारी गर्दै एकताबद्ध, पारदर्शी र वैधानिक एनआरएनए निर्माणको पक्षमा रहेको प्रष्ट पारेका छन् । 

उनीहरुले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आधिकारिक निर्वाचन यही आउँदो अगस्ट १६ र १७, २०२५ मा सम्पन्न हुने र निर्वाचन समिति प्रमुख बासु फुलाराले गर्ने पनि उल्लेख गरेका छन् । 

निर्वाचन समिति गत वर्ष मेरिल्याण्डमा सम्पन्न बार्षिक साधारण सभाबाट विधिवत् रूपमा गठन गरिएको स्मरण गराउँदै निर्वाचन समितिलाई अवैधानिक भइसकेको आइसीसीले भंग गर्ने अधिकार नभएको पनि जनाइएको छ । 

समानान्तर निर्वाचन समिति गठन गर्ने अधिकार आइसीसीलाई नभएको पनि उनीहरुको भनाई छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू