आइतबार, १५ फ्रेब्रवरी, २०२६
01:55 | ०७:४०

एनआरएनए जापानको कोषाध्यक्षमा कृष्ण पोखरेल ‘बाबु’ को उम्मेद्वारी

नेपाली लिङ्क जुलाइ १८, २०२५

टोकियो- गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि कोषाध्यक्ष पदमा कृष्ण पोखरेल ‘बाबु’ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै पोखरेलले पारदर्शी र उत्तरदायी आर्थिक प्रणालीको स्थापना गर्दै जापानभर रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘कोषाध्यक्षको जिम्मेवारीमा रहेर म एनआरएनए जापानलाई अझ समावेशी, उत्तरदायी र सशक्त संस्थाका रूपमा स्थापित गर्न लागि पर्नेछु,’ पोखरेलले भने ।

उनले जापानमा बसोबास गर्ने नेपाली समुदायमा दैवी प्रकोप, गम्भीर बिरामी, वा आकस्मिक मृत्यु जस्ता कठिन परिस्थितिमा तत्काल आर्थिक सहयोग जुटाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

उनले सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी पारदर्शी आर्थिक व्यवस्थापन गर्ने योजना सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘मेरो लक्ष्य हरेक आवाजलाई सुनिन योग्य बनाउनु, र प्रत्येक रुपियाँको जवाफदेही सुनिश्चित गर्नु हो।’

उनले आगामी निर्वाचनमा नेपाली समुदायको अमूल्य मत तथा साथ, सहयोग र समर्थन प्राप्त हुनेमा आफू आशावादी रहेको पनि बताए। ‘यस अभियानमा म जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहयोगको अपेक्षा गर्दछु। मलाई सफल र विजयी बनाउन हार्दिक अनुरोध गर्दछु’- पोखरेलको अपील छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू