सोमबार, ३० जुन, २०२५
23:59 | ०४:४४

प्रधानमन्त्री ओलीको स्तोनियाका राष्ट्रपति र इजिप्टका प्रधानमन्त्रीसंग भेटवार्ता

नेपाली लिङ्क जुन ३०, २०२५

स्पेनको सेभियामा प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिस (बायाँ) बीच द्विपक्षीय भेटवार्ता हुँदै । तस्बिर– प्रधानमन्त्रीको सचिवालय

स्पेन, असार १६ गते । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्तोनियाका राष्ट्रपति र इजिप्टका प्रधानमन्त्रीसंग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

स्तोनियाका राष्ट्रपति अलार कारिससंग सोमबार भएको भेटमा दुई मुलुकबीचको आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

उता, प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग पनि सोमबार द्विपक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू