सोमबार, असार ९, २०८२
14:54 | १९:३९

लन्डनमा आयोजित १२औं बुढासुब्बा गोल्ड कपमा च्याम्पियन बन्यो ब्रिगेड ब्वाइज क्लब

नेपाली लिङ्क जुन २३, २०२५


लन्डन । १२औं बुढासुब्बा गोल्ड कप २०२५ ब्रिगेड ब्वाइज क्लबले जितेको छ ।  

धरान समाज यूकेको आयोजनामा शनिबार लन्डनस्थित फेल्थामको ट्रयूडोर पार्क स्पोर्ट्स एण्ड लेजर, सेन्टरमा सम्पन्न  उक्त प्रतियोगितामा टीडब्लु वारियर्सलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लब मेन क्याटोगोरिजमा च्याम्पियन बनेको हो। 

उपाधिसंगै ब्रिगेड ब्वाइज क्लबले १६०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र एवं रनरअप टिमले ८०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र पाए । 

भेट्रान्सतर्फ ड्याडी एफसी विजेता बनेको छ भने इन्टेक ०४ उपविजेता बन्यो। भेट्रान्स वीनरले एक हजार पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र तथा रनर अपले ५०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र जित्यो ।  


कार्यक्रमका मुख्य अतिथि धरानका प्रतिष्ठित तथा पूर्वखेलाडी लभकुमार राई, विशिष्ट अतिथिहरू किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला लिम्बु, गोर्खा सोलिसिटर्स लिमिटेडका सोलिसिटर उत्तरमान लिम्बु, आरएलटी सप्लाइज लि.का हाङसिङ सुब्बा एवं धरान समाज यूके अध्यक्ष निकेश लिम्बुले पुरस्कार प्रदान गरे।

प्रतियोगिता हेर्न झन्डै १२०० दर्शक सहभागी थिए ।

अध्यक्ष निकेश लिम्बुले प्रतियोगिता सफल बनाउन सघाउने सबैप्रति आभार व्यक्त गरे । उनले खेलकुद सचिव विशाल लिम्बु, खेलकुद सहसचिव उत्तम राई लगायत धरान समाज यूकेको ८औं कार्यसमिति २०२५ लाई सक्रिय भूमिका निर्वाह गरेकामा धन्यवाद दिए।

अध्यक्ष निकेश लिम्बुले खेलमार्फत नेपाली समुदायमा एकता, युवाको खेल प्रतिभा उजागर र सहकार्यको सन्देश फैलाउन प्रतियोगिता गरिएको जनाए ।

औपचारिक कार्यक्रम समाजका महासचिव बल्लभ गुरुङले सन्चालन गरेका थिए ।  

तस्विर: धन फोटोग्राफी

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू