इजरायल इरान युद्धमा मिसियो अमेरिका, एकैरात इरानका तीन मुख्य आणविक साइट ध्वस्त



वासिङटन, असार ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताएका छन् ।
राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल मार्फत भनेका छन् ‘‘सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन् । फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो ।’’
उनले थपे, ‘‘सामान्य रुपमा बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो ।’’
इरानले आधिकारिक रूपमा तीन आणविक स्थलहरूमा आक्रमण भएको पुष्टि गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्प र संयुक्त राज्य अमेरिकाले धेरै शक्तिका साथ काम गरेको बताएका छन्।
राष्ट्रपति ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै इरानलाई “अब शान्ति कायम गर्न” वा “अझ ठूलो” आक्रमणको सामना गर्न चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पको यस अभिव्यक्तिपछि इरानले प्रतिक्रिया दिने तयारी गरिरहेको देखिन्छ ।
यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ भने विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।
यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, यसले इरानको आणविक कार्यक्रमलाई कडा धक्का पुर्याएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५