इंग्ल्याण्ड र वेल्समा स्वेच्छिक मृत्युलाई वैधानिकता दिन सांसदहरूले गरे अनुमोदन



लन्डन । इंग्ल्याण्ड र वेल्समा असिस्टेड डाइङ (स्वेच्छिक मृत्यु) लाई वैधानिक बनाउन बेलायतको संसद् हाउस अफ कमन्सले ऐतिहासिक निर्णय लिँदै एउटा विधेयक पारित गरेको छ।
विभिन्न चरणमा छलफल र संशोधनपछि अन्तिम मतदानमा ‘द टर्मिनल्ली इल एडल्ट्स बील’ को पक्षमा ३१४ र विपक्षमा २९१ मत पर्यो। यसमा कुनै पनि राजनीतिक दलले आफ्ना सांसदहरूलाई अनिवार्य ह्वीप नदिई स्वतन्त्र रूपमा मतदान गर्न निर्देशन दिइएको थियो ।
यो तेस्रो र अन्तिम प्रस्ताव थियो, जहाँ सांसदहरूले विधेयकलाई अन्तिम रूपले स्वीकृत वा अस्वीकृति गर्ने अवसर पाएका थिए। गत नोभेम्बरमा पहिलो पटक डिबेट हुंदा विधेयकले ५५ मतको बहुमत (३३०–२७५) पाएको भए पनि अहिलेको मतान्तर घटेर २३ मा झरेको छ।
यसअघि, सन् २०१५ मा ‘राइट टु डाइ’ विधेयक अस्वीकृत गरिएको थियो। त्यसपछि यो विषयमा संसदमा पहिलोपटक प्रभावकारी ढंगमा पारित भएको हो।
अब यो विधेयक थप छलफल र संशोधनका लागि हाउस अफ लर्ड्स (उपल्लो सदन) मा पठाइने छ।