शुक्रबार, असार ६, २०८२
14:21 | १९:०६

अस्पतालमा क्षेप्यास्त्र आक्रमणपछि इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

रासस/एएफपी जुन २०, २०२५

क्षेप्यास्त्र आक्रमणपछि अस्पताल निरीक्षणका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू । तस्विर: रोयटर्स

जेरुसेलम, असार ६ गते । दक्षिणी इजरायलको एक अस्पतालमा बिहीबार इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् ।

“इरानका ‘आतङ्ककारी तानाशाह’हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् । हामी तेहरानमा तानाशाहहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पार्नेछौँ,” नेतन्याहूले बिहीबार एक्समा गरेको एक पोस्टमा उल्लेख छ ।

इरानको दक्षिणी शहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार बिहान दर्जनौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि आगलागी भएको थियो ।

अस्पतालका निर्देशक श्लोमी कोदेशले केही दिनयता खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको र ४० जना घाइते भएको जानकारी दिए ।  

उनले भने, ‘धेरै वार्डहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । सम्पूर्ण अस्पतालमा व्यापक क्षति पुगेको छ र मेडिकल केन्द्रका भवन, झ्याल, छतलगायतका अन्य संरचनाहरूमा क्षति पुगेको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू