शुक्रबार, असार ६, २०८२
10:00 | १४:४५

टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्यान्डबीच आज अन्तिम खेल

रासस जुन २०, २०२५

काठमाडौँ, असार ६ गते । टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ शुक्रबार नेपाल र स्कटल्यान्डबीच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्यान्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुने छ ।

जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्यान्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्यान्डसलाई ६ विकेटले पराजित गरेको थियो ।

यसैगरी स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डसलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्यान्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्यान्डलाई नेदरल्यान्डसले १७ रनले हराएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू