शुक्रबार, असार ६, २०८२
02:53 | ०७:३८

राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्ड गठन, पहिलो बैठकबाट विभिन्न निर्णय

नेपाली लिङ्क जुन १९, २०२५

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्ड क्षेत्रीय समितिको पहिलो बैठक १५ जुनका दिन संयोजक जगन्नाथ (गोकर्ण) भुसालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले संगठनमा आवद्ध हुन धेरै इच्छुक भएको निष्कर्षसहित सबैलाई समेट्ने गरि सल्लाहकार र विभिन्न उपसमिति बनाउने निर्णय गरेको छ ।

बैठकले सदस्यता विस्तारलाई पनि तीव्रता दिने भएको छ । देश विदेशमा रहेका इच्छुक र नेपालमा परिवार आफन्त सबैलाई सदस्यता लिन उत्प्रेरित गराउने निर्णय बैठकको छ ।

बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्ड क्षेत्रीय समितिको पार्टी कार्यालय 
राख्न उपसचिव भोजराज खरेलले आफ्नो घर पछाडि रहेको हल बिना भाडा दिन राजी भएकाले उक्त हल पार्टी कार्यालयका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

साथै पार्टीका कोषाध्यक्ष माधव भन्डारी र सहकोषाध्यक्ष पूर्ण प्रसाद कँडेलको सक्रियतामा संगठनको आफ्नै बैंक खाता खोल्ने निर्णय गरिएको छ ।

बैठकले प्रत्येक महिना एकपटक बैठक बस्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रेरणा र आशाका स्रोत, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विशेष धन्यवाद प्रकट गर्दै उनको दृढ नेतृत्व, निर्भिकता र परिवर्तनप्रतिको प्रतिवद्धताले सबैमा नयाँ आशा र विश्वास जगाएको निष्कर्ष निकालेको छ ।

‘उहाँको अभियानले आज लाखौँ नेपालीको मन छोएको छ। आशा छ सत्यको जीत हुने नै छ अनि हामी संगै हिंड्नेछौं’, संयोजक भुसालले भने ।

बैठकमा स्थान र खाना उपाध्यक्ष पदमलाल खरेल र उनको धर्मपत्नी सिना तिवारी खरेलले उपलब्ध गराएकामा उनीहरुलाई धन्यवाद दिइयो ।

को छन् संगठनमा ?

संयोजकः गोकर्ण भुसाल

उप–संयोजकः पदमलाल खरेल

कोषाध्यक्षः माधव भण्डारी

उप–कोषाध्यक्षः पूर्ण प्रसाद कँडेल (पुरन)

सचिवः देवेन्द्र कैदी पुरूष

उप सचिवः भोजराज खरेल

सदस्यहरुः हरि सापकोटा, गगन कँडेल, गणेश पौडेल, पुष्कर खतिवडा

सल्लाहकारहरु: काशीराम भण्डारी, सागर भण्डारी, नरिस्वर खरेल, शिवकान्त खरेल, युवराज तिवारी, गमलाल गैरे र कृष्ण सापकोटा छन्। केही नाम पछि थपिने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू