शुक्रबार, असार ६, २०८२
19:59 | ००:४४

स्कटल्यान्डमा विस्तार भयो गुल्मी जिल्ला समाज यूके

नेपाली लिङ्क जुन १९, २०२५


लन्डन- बेलायतको एक सक्रिय सामाजिक संस्था गुल्मी जिल्ला समाज यूके स्कटल्यान्डमा विस्तार भएको छ ।

स्कटल्यान्डवासी सफल व्यवसायी एवम् समाजसेवी काशीराम भण्डारीको संयोजकत्वमा क्षेत्रीय समिति गठन गरिएको समाजका महासचिव महलाल घिमिरेले जानकारी दिए ।

समितिमा सहसंयोजक छविलाल अर्याल, सचिव माधव भण्डारी, प्रवक्ता मोती खरेल, कोषाध्यक्ष सागर भण्डारी र सदस्यहरू गोकर्ण भुसाल र अशोक जीसी चयन भएका छन् ।

त्यस्तै, सल्लाहकारमा तारानाथ भण्डारी , यज्ञमूर्ती ढकाल, मिन खरेल र दीवाकर पाण्डे चुनिएका छन् ।

समितिमा टिकाराम खराल, नरिश्वर खरेल, शेरबहादुर केसी र श्रीमती पवित्रा भण्डारी समेत सदस्यका रुपमा मनोनित भएका छन् ।

यसैबीच, नवगठित स्कटल्यान्ड क्षेत्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

समितिका प्रवक्ता मोती खरेका अनुसार, बैठकले गुल्मी समाज यूकेको मूल विधानको अध्ययन गरी क्षेत्रीय समितिको अधिकार तथा कार्यक्षेत्र निर्धारण गर्न विधान अध्ययन तथा सुझाव संकलन समिति गठन गरेको छ ।

समितिमा संयोजक काशीराम भण्डारी, सचिव माधव भण्डारी, प्रवक्ता मोती खरेल र सल्लाहकार तारानाथ भण्डारी छन् ।

बैठकले यही जुन २३ तारिख नेपाली दूतावासको आयोजनामा स्कटल्यान्डमा हुन लागेको नेपाली मेलामा गुल्मी जिल्ला समाज यूकेको स्कटल्याण्ड क्षेत्रीय समितिको ब्यानरसहित सहभागी हुने र मेलालाई सफल बनाउन स्कटल्यान्डवासी सम्पूर्ण गुल्मेलीहरूको व्यापक सहभागितासहित अग्रणी भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू