सोमबार, असार २, २०८२
20:16 | ०१:०१

एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७४

सिन्ह्वा जुन १५, २०२५

नयां दिल्ली, असार १ गते- गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनामा मृत्यु भएको पुष्टि भएका यात्रु र चालक दलका सदस्यहरू २ सय ४१ बाहेक अन्य ३३ जना मृतक अहमदाबादको बीजे मेडिकल कलेजमा रहेका व्यक्तिहरू भएको जनाइएको छ ।

भारत सरकारले एयर इन्डिया दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । जसको नेतृत्व गृह सचिवले गर्नेछन् र यसमा राज्य र केन्द्र सरकारका अधिकारीहरु पनि प्रतिनिधिहरू हुनेछन् । समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन प्रकाशित गर्नेछ ।

पश्चिमी भारतीय सहर अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको बोइङ ७८७–८ विमान एआई–१७१ बिहीबार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । जसमा २ सय ४२ जना सवार थिए । एकजना भने बांच्न सफल भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू