शुक्रबार, जेठ ३१, २०८२
12:25 | १७:१०

भारतबाट लन्डनका लागि उडेको विमान दुर्घटना

नेपाली लिङ्क जुन १२, २०२५

लन्डन- भारतको अहमदाबादबाट लन्डन ग्याटविक एअरपोर्टका लागि उडेको एअर इन्डियाको विमान दुर्घटना भएको छ ।

अहमदाबाद सरदार बल्लभ भाइ पटेल एअरपोर्टबाट विहीबार टेक अफ गरेको केही सेकेन्डभित्रै विमान दुर्घटनामा परेको हो।

दुर्घटना मानव बस्ती रहेको मेघानी क्षेत्रमा भएको जनाइएको छ ।

दुर्घटनामा परेको विमानमा २३० यात्रु, १० जना क्याबिन क्रू र दुई पाइलट गरि २४२ जना सवार रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एयर इन्डियाले अहमदाबाद-लन्डन ग्याटविक उडान भरेको‘ एआइ १७१’ विमान दुर्घटनामा परेको जनाएको छ ।

एयर इन्डियाका अनुसार उडानमा १६९ भारतीय नागरिकका साथै ५३ बेलायती, एक क्यानेडियन र ७ पोर्चुगीज नागरिक थिए। 

भारतको समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल अन्तरराष्ट्रिय विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ ।

क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू