शुक्रबार, जेठ २४, २०८२
19:05 | २३:५०

एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी दिने गौरीराज जोशीको घोषणा

नेपाली लिङ्क जुन ५, २०२५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले आउँदो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

गैरआवासीय अभियन्ताहरूको चाहना र सुझावबमोजिम आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जोशीले बताए ।  

सचिव हुँदै दुई कार्यकाल महासचिव पदमा रहेर काम गरिसकेका जोशी अधिकांश पूर्व अध्यक्षहरुको रोजाईमा छन्।

महेश श्रेष्ठ नेतृत्वलाई समेत समावेश गरेर एकतापूर्ण महाधिवेशन गर्ने सोच जोशीको छ ।

एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम र फेस भेरिफिकेसन सिस्टमका योजनाकार उनैलाई मानिन्छ ।

चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए ।

अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी जोशी लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू