आइपीएलको विजय उत्सव मनाउने क्रममा भागदौड मच्चिंदा ११ मारिए




तस्विर एपी
बेङ्गलुरु, जेठ २१ गते । बेङ्गलुरुमा इण्डियन प्रिमियर लिग (आइपीएल) को विजय उत्सव मनाउने क्रममा क्रिकेट फ्यानहरुको ठूलो भीड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
रोयल च्यालेन्जर्स बेङ्गलुरुले १८ वर्षपछि आइपीएल जितेको खुशीयाली मनाइरहेका बेला यस दुःखद घट्ना भएको हो ।
कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले मृतकहरूको सङ्ख्या तत्काल पुष्टि गर्न नसकेको बताउँदै सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे ।
घटना स्थलमा लाखौँ मानिसको भीड भएको थियो र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो । केही मानिस अत्यधिक भीडका कारण बेहोस भएका थिए । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५