शनिबार, जेठ ११, २०८२
13:17 | १८:०२

यूएईमा अहिलेसम्मकै उच्च ५०.४ डिग्री सेल्सियस तापक्रम

रासस/एएफपी मे २४, २०२५

तस्विर- एएफपी

दुबई, जेठ १० गते । संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा मेमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा बढी रहेको राष्ट्रिय मौसम केन्द्र (एनसीएम) ले जनाएको छ ।

देशको सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा अपराह्न २ः३० बजे ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको छ ।

यो मे महिनाको सबैभन्दा उच्च तापक्रम हो, जुन सन् २००३ देखि सुरु गरिएको रेकर्डमा पहिलो पटक देखिएको एनसीएमले जनाएको छ ।

यसअघि सन् २००९ मा मापन गरिएको ५० दशमलव २ डिग्री सेल्सियस तापक्रम नै मे महिनाको उच्च थियो ।

यूएई विश्वकै ठूला तेल निर्यातकर्ता मध्ये एक भए पनि उसले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि ठूलो लगानी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू