बेलायतका नेपाली व्यवसायीलाई ‘अन्ट्रप्रनअ अफ दि इयर’ उपाधि


लन्डन । लन्डनस्थित कम्पनी नेपाल फुड्सका निर्देशक विकास नेपालले ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेका छन् ।
इन्डो-ब्रिटिश बिजनेस फोरमद्वारा बेलायती संसदको हाउस अफ लर्ड्समा आयोजित एक समारोहमा ब्यरोनस स्यान्डी वर्माले उनलाई सो अवार्ड प्रदान गरेकी हुन् ।
नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न महत्वपूर्ण योगदान पुर्याएवापत उनलाई सो अवार्ड प्रदान गरिएको हो । ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड पाएकामा नेपाल फुड्सका निर्देशक नेपालले खुशी र कृतज्ञता व्यक्त गरेका छन् ।
नेपाल फुड्सले गत वर्ष पनि नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४ मा उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको थियो ।
सन् २०१८ देखि शुरु भएको नेपाल फुड्सले बेलायतसहित अष्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र युरोप गरि २५ देशमा झण्डै तीनसय नेपाली उत्पादन आपूर्ति गर्दै आएको छ ।
नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने नेतृत्वको रूपमा आफूहरु लागिपरेको हुँदा आफूले पाएको अवार्डले खाद्य उद्योगको प्रतिष्पर्धात्मक बजारमा नेपाल फुड्सको उपस्थिति अझ दरिलो बनाएको निर्देशक नेपालले बताए ।
यो अवार्ड आफ्नो सम्पूर्ण टिमको कडा परिश्रम र मिहिनेतको प्रतिफल भएको उनले बताए । नेपाली उत्पादनलाई उत्कृष्ट र विश्वव्यापीकरण बनाउन आफूलाई थप चुनौती र हौसला बढेको पनि उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५