शनिबार, जेठ ४, २०८२
23:57 | ०४:४२

स्कटिस च्यारिटी अवार्डस मनोनयनमा परिन् सुमी, जीतका लागि भोट गर्न अपील

नेपाली लिङ्क मे १६, २०२५

लन्डन– स्कटिस च्यारिटी अवार्डस २०२५ का लागि एक नेपाली महिला मनोनयनमा पर्न सफल भएकी छिन् । 

फाइफ नेपाली कम्युनिटी, गैरआवासीय नेपाली सङ्घ स्कटल्यान्ड जस्ता संस्थामार्फत सामाजिक कार्यमा सक्रिय सुमी भण्डारी स्कटिस च्यारिटी अवार्डसअन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेकी हुन् ।

अवार्डस कार्यक्रम आउंदो १९ जुनमा ग्लास्गोस्थित रेडिसन ब्लुमा हुँदैछ ।

सुमी स्कटल्यान्डमा नेपाली कला-संस्कृति, भाषा र समुदायको संरक्षण तथा सशक्तिकरणमा निरन्तर क्रियाशील छिन् ।

‘सिडीएन स्टुडेन्ट अफ द इयर’ उपाधिसमेत प्राप्त गरिसकेकी उनी महिलाहरूलाई सशक्त बनाउन, बालबालिकाको उत्थान र स्कटल्याण्डमा नेपाली संस्कृतिको संरक्षणमा जुटिरहेकी छन्।

सुमीले नेपालदेखि युक्रेनसम्मका विश्वव्यापी विपत्तिहरूमा कमजोर बालबालिकासँग काम गरेकी छिन् र सहायता प्रयासहरूको नेतृत्व गरेकी छिन्। 

सुमीले समुदायलाई अझ सशक्त बनाउन र उत्थानका लागि प्रेरित गर्न आफूलाई अनलाइनमार्फत मत दिन अपिल गरेकी छन् ।

सुमीलाई यो लिङ्कबाट भोट गर्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू