बेलायतको पिआर लिन १० वर्षे नियम बेलायत आइसक्नेलाई पनि लागू हुने


लन्डन । बेलायत सरकारको हालै सार्वजनिक इमिग्रेसन ह्वाइट पेपरमा प्रस्तावित पिआरसम्बन्धि नयाँ नियम यसअघि नै बेलायत आइसकेकाहरुको लागि पनि लागू हुने भएको छ ।
प्रस्तावित योजनामा यसअघि स्थायी बसोबास (पिआर) सुविधाका लागि बेलायतमा बस्नुपर्ने ५ वर्षको अवधिको मापदण्डलाई बढाएर १० वर्ष पुर्याइएको छ।
गत सोमबार घोषणा हुंदा पिआरसम्बन्धि परिवर्तित १० वर्षे नियम नयाँ आउनेहरुलाई मात्रै लागू हुने कि यसअघि नै बेलायत आइसक्नेहरुलाई पनि लागू हुन्छ भन्ने अन्योल थियो ।
तर, बीबीसीले बुधबार सार्वजनिक गरेको एक समाचारमा यो व्यवस्था बेलायत आइसकेकाहरुलाई पनि लागू हुने जनाइएको छ । जसअनुसार सन् २०२० देखि हालसम्म कामको शिलशिलामा बेलायत आइसकेका १५ लाख विदेशीले पनि पिआरका लागि १० वर्ष पर्खिनुपर्ने भएको छ ।
हुन त इमिग्रेसन ह्वाइट पेपरमा सार्वजनिक योजनाहरु कार्यान्वयन हुनुपूर्व सोहिअनसार ‘इमिग्रेसन कानून’ निर्माण हुनुपर्छ । त्यसका लागि प्रस्तावित योजनाहरुमाथि पब्लिक कन्सल्टेसनदेखि संसदको तल्लो र उपल्लो दुवै सदनका प्रक्रियाहरु पार गर्नुपर्ने हुन्छ ।
पीआर सम्बन्धमा प्रस्तावित १० वर्षे व्यवस्था सबै प्रक्रिया पार गर्दै इमिग्रेसन कानून बनेर कार्यान्वयन हुन्छ कि हुंदैन वा कहिलेसम्म कार्यान्वयन हुन्छ भन्ने स्पष्ट हुन बाँकी छ । तर यो प्रस्ताव अनुसारकै व्यवस्था कार्यान्वयन भएको अवस्थामा भने पहिले नै बेलायत आइसक्नेहरुलाई पनि लागू हुने भएको छ।
नेपालबाट वा बेलायत आएर वर्क परमिट लिने नेपालीको संख्या पनि हजारौं रहेको अनुमान छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५