बुधबार, जेठ १, २०८२
12:42 | १७:२७

स्कटल्याण्डमा खेल्ने राष्ट्रिय क्रिकेट टोलीको बिदाई

नेपाली लिङ्क मे १४, २०२५

लन्डन- आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिजका लागि स्कटल्याण्ड आउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार मुलपानीमा बिदाई कार्यक्रम गरेको हो ।

नेपाली टोली बिहीबार लन्डन उत्रने छ । टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन् ।

टी-२०आई सिरिजका लागि थप किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम छानिएका छन् ।

क्यानका अनुसार, नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ ।

लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज पनि खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू