डब्लु थ्री वेव टेक्नोलोजी- बेलायतबाट नेपालीले दिंदैछन् संसारभर आइटी सेवा



लन्डन- बेलायतमा पछिल्ला वर्ष व्यापार व्यवसायतिर लागेका नेपाली उद्यमीको संख्या बढिरहेको छ । व्यवसाय वृद्धिसंगै केही नयांपन दिन पनि नेपालीको अग्रसरता देखिन्छ । त्यसैको उदाहरण हुन् महेन्द्र विक्रम कुंवर र केदार थपलिया ।
बेलायतको नेपाली समुदायमा आफ्नो बेग्लै पहिचान बनाउन सफल कुंवर र थपलियाले संयुक्त रुपमा चलाइरहेका छन् सफ्टवेयर डेभलप्मेन्ट कम्पनी ‘डब्लु थ्री वेव टेक्नोलोजी लि.।’ [ W3 Web Technology Ltd.]
बेलायत, नेपाल, युरोप र अमेरिकामा करिब दुई दर्जन कर्मचारी राखेर कम्पनी सञ्चालन भइरहेको उनीहरुले बताए । यूके मुख्यालय भएपनि यसलाई विश्वव्यापी लैजाने सोच उनीहरुको छ ।
सन् २०१९ देखि शुरु उक्त कम्पनीले टिल सफ्टवेयर ‘इपिओएस’ [EPOS] , डब्लु थ्री टेबुल रिजर्भेसन सफ्टवेयर [ RESERVATION SOFTWARE], अनलाइन अर्डरिङ सिस्टम [ONLINE ORDERING SYSTEM] , मोबाइल एप [MOBILE APP], कुनै पनि रेष्टुरेन्टको वेवसाइटमा गएर भ्वाइस कमाण्डमा सोध्दा जवाफ दिने ए आइ फिचर [AI FEATURE] आदि बनाउने गर्छ ।
सोसल मिडिया [SOCIAL MEDIA] , इमेल टेक्सट मार्केटिङ [EMAIL TEXT MARKETING] , विभिन्न संघसंस्थाका वेवसाइट [WEBSITE} र न्यूज पोर्टल [NEWS PORTAL} निर्माण पनि गर्छन् उनीहरु । पेमेन्ट गेटवे इन्टीग्रेसन [PAYMENT GATEWAY INTEGRATION] लगायत इ कमर्स कम्प्लीट सोलुसन [E-COMMERCE COMPLETE SOLUTION] कम्पनीले दिइरहेको छ ।
विशेष गरि रेष्टुरेन्ट व्यवसाय उनीहरुको सफ्टवेयरबाट लाभान्वित छन् । कम्पनीका म्यानेजिङ डाइरेक्टर महेन्द्र विक्रम कुंवर अहिलेसम्म एकसय बढी रेष्टुरेन्टलाई सेवा दिइसकेको बताउंछन् । नेपाली, इण्डियन नै बढी छन् ग्राहक । बेलायतबाहेक अष्ट्रेलिया, फ्रान्स, अमेरिकासम्मका क्लाइन्ट्सलाई सेवा दिइएको कुंवरले बताए ।
‘रेष्टुरेन्टका टिलमा धेरै लामो अनुभव लिएपछि तिनका अप्ठेरो राम्रोसंग बुझेर हामीले सजिलो सफ्टवेयर बनाउने सोच्यौं’, कुंवर भन्छन्, ‘हाम्रो इपिओएस टिल सफ्टवेयर चलाउन सजिलो र सस्तो छ । अर्डर आउने बित्तिकै अटो प्रिन्ट हुने सिस्टम छ । हामी आफैंले डेप्लप गर्ने भएपछि ग्राहकको चाहना अनुसार सिस्टम अपडेट गरिदिन्छौं । इपिओस मल्टी ल्यांग्वेज, मल्टी करेन्सीमा उपलब्ध हुन सक्छ । करिब ९९.९ प्रतिशत प्राविधिक समस्या छैन् । समस्या आए बनाइदिन्छौं । किस्ताबन्दीमा पनि पेमेन्ट गर्न सकिन्छ ।’

म्यानेजिङ डाइरेक्टर महेन्द्र विक्रम कुंवर
ग्राहकसंग सहज पेमेन्टका लागि पिओएस सिस्टमसंग कनेक्ट भएको कार्ड टर्मिनल पनि उपलब्ध गराउने कुंवरले जनाए ।
सञ्चालकद्धय थपलिया र कुंवर आइटी क्षेत्रमा एक दशकबढी समयदेखि आवद्ध छन् । ग्रीनवीच विश्वविद्यालयबाट आइटीमा ग्रयाजुएसन र सन्डरल्याण्डबाट एमबीए गरेका मार्केटिङ डाइरेक्टर थपलिया नेपालमा इन्जिनियरिङ पृष्ठभूमिका हुन् । महेन्द्र कुंवरले नेपालमा बीएल गरे, प्रहरी सेवामा ९ वर्ष जागिर । बेलायत आएपछि आइटी डिप्लोमा (अनलाइन) गरेका उनी लगनशीलता, अथक प्रयास र परिश्रमले आइटी विज्ञ बने ।
सेवाग्राहीलाई विशेष के छ तपाईंसंग ? प्रश्नमा मार्केटिङ डाइरेक्टर थपलिया भन्छन्, ‘रेष्टुरेन्टको नेचर हेरेर हामीले मार्केटिंग बुस्ट पनि गर्ने गरेका छौं । अहिले एआइले धेरै फड्को मारिसकेको अवस्थामा हामीले पनि ए आइ शुरु गरेका छौं । रेष्टुरेन्टमा कष्टमरले सोधेका कुरा भ्वाइस कमाण्डबाट भनिदिने सिस्टम हामी गर्छौं ।’
थपलिया व्यापारमात्र होइन्, आफ्ना ग्राहकसंग व्यवसायिक निष्ठा (प्रोफेसनल इन्टीग्रिटी) पनि जोडिएको बताउंछन् । उनले विजनेशमा संघर्ष गरिरहेका रेष्टुरेन्टहरुलाई व्यापार प्रवर्धनमा सघाउन आफ्नो आइडिया समेत दिइने बताए । ‘कसरी विजनेश प्रमोट हुन सक्छ ? अर्डर कम भएको छ भने कुन च्यानलमार्फत बढ्न सक्छ त्यसमा सहयोग गर्न तयार छौं’, थपलियाले भने, ‘विभिन्न इभेन्टमा नोटिफिकेसन पठाएर आइडिया पनि सेयर गर्छौं ।’

मार्केटिङ डाइरेक्टर केदार थपलिया
थप जानकारीको लागि ‘डब्लु थ्री वेब टेक्नोलोजी‘ को आधिकारिक् वेबसाइटमा जान यो लिंकमा क्लिक गर्नुहोस्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५