शनिबार, जेठ ३२, २०८२
18:59 | २३:४४

गीत गाएको आरोपमा १४ जना पक्राउ

रासस, एएफपी मे ११, २०२५

काबुल, वैशाख २७ गते । तालिबान अधिकारीहरूले अफगानिस्तानको उत्तरी क्षेत्रमा प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले जनाएको छ ।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति उत्तरी तखार प्रान्तको राजधानीमा ‘रातको समयको फाइदा उठाउँदै’ एक आवासीय घरमा भेला भई १४ जनाको एक समूहले बाजा बजाउंदै गीत गाइरहेका जनाएको छ । प्रशासनले ती गीतले जनतामा अशान्ति पैदा गरेको आरोप लगाइएको छ ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

तालिवान सरकारले सन् २०२१ मा सत्ता कब्जा गरेदेखि नै इस्लामी कानुनप्रतिको उनीहरूको कठोर दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने कानून र नियमहरू निरन्तर लागू गर्दै आएको छ ।

प्रतिबन्धित गीत संगीतलाई सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शनदेखि लिएर जमघट, रेस्टुरेन्ट, कार वा रेडियो र टिभीमा बजाउनसमेत निषेध गरिएको छ ।

तालिबानले अफगानिस्थानको सत्ता आफ्नो कब्जामा लिएपछि अधिकारीहरूले सङ्गीत विद्यालयहरू बन्द गरेका छन् भने सङ्गीतले ‘नैतिक भ्रष्टाचार’ र सार्वजनिक अशान्ति निम्त्याएको भन्दै वाद्ययन्त्र र ध्वनि प्रणालीहरू भाँच्ने, फुटाउने वा जलाउने गरेका थिए ।

विवाह घरहरूमा अहिले सङ्गीत बजाउन अनुमति छैन तर अलग–अलग महिला समूहहरू प्रायः गोप्य रूपमा भेला भई गीत सङ्गीतको आनन्द लिने गर्छन् ।

अफगानिस्तानमा आफ्नो जीविकोपार्जन गुमाएपछि धेरै अफगानी सङ्गीतकर्मीहरू डरले वा कामको खोजीमा तालिवान प्रशासित यस मुलुकबाट पलायन भएका छन् ।

तालिवान अधिकारीहरूले पूर्व सङ्गीतकारहरूलाई उनीहरूको अघिल्लो शासनमा १९९६–२००१ को शासनकालमा अनुमति दिइएको गीत सङ्गीत सिर्जना र आफ्नो प्रतिभालाई इस्लामी कवितातर्फ केन्द्रित गर्न वा श्लोकहरूमा इस्लाम मन्त्र समेट्न प्रोत्साहित गर्ने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू