बिहीबार, वैशाख २५, २०८२
06:20 | ११:०५

बेलायत र भारतले गरे ऐतिहासिक व्यापार सम्झौता

नेपाली लिङ्क मे ७, २०२५

लन्डन । बेलायत र भारतले मंगलबार ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्।

बेलायत सरकारले यो सम्झौता २०२० मा युरोपेली संघबाट बाहिरिएपछि बेलायतले हस्ताक्षर गरेको “सबैभन्दा ठूलो र आर्थिक रूपमा महत्त्वपूर्ण” व्यापार सम्झौता भएको बताएको छ।

बेलायतले भारतबाट आयात गरिने सामानहरू जस्तै कपडा र जुत्ता, फ्रोजन प्राउनसहित खाद्य उत्पादन, गहना र रत्न तथा केही कारहरूको कर घटाएको छ ।

भारतले पनि बेलायतबाट आयात हुने सामानहरूमा कर घटाएको छ जसमा सौन्दर्य प्रसाधन, स्कच ह्विस्की, जिन र सफ्ट ड्रिंक्स, उच्च मूल्यका कारहरू, भेडा, साल्मन, चकलेट र बिस्कुट लगायतका खाना, चिकित्सा उपकरणहरू, एरोस्पेस र विद्युतीय मेसिनरी आदि छन् । 

यस सम्झौताले बेलायती फर्महरूलाई भारतमा थप सेवा सम्झौताका लागि प्रतिस्पर्धा गर्न पनि अनुमति दिने बीबीसीले उल्लेख गरेको छ।

सम्झौताले २०४० सम्ममा बेलायत र भारतबीचको व्यापार वार्षिक £२५.५ बिलियनले वृद्धि हुने अनुमान छ। गत वर्ष दुई देशबीचको व्यापार £४२ बिलियन थियो।

बेलायती प्रधानमन्त्री सर किअर स्टार्मरले यसलाई ‘ब्रिटिश अर्थतन्त्र र व्यवसायका लागि ठूलो अवसर’ भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसलाई महत्वाकांक्षी सम्झौता भएको बताए। 

तर, केही बेलायती राजनीतिज्ञहरूले भारतीय कर्मचारीले ३ वर्षसम्म बेलायतको नेशनल इन्स्युरेन्स (राष्ट्रिय बीमा शुल्क) तिर्नु नपर्ने व्यवस्थाको आलोचना गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू