आइतबार, वैशाख २१, २०८२
15:17 | २०:०२

दुई नेपाली युवाले लन्डन ह्यारोमा सम्हाले मल्टी कुजीन रेष्टुरेन्ट (भिडियो)

नेपाली लिङ्क मे ४, २०२५

लन्डन । अण्डर २६ का दुई युवाले नेपाली, जापनीज र इण्डियन खाना पस्कने रेष्टुरेन्ट शुरु गरेका छन् ।

हस्पिटालिटीमा लामो अनुभव भएका श्याम ढकाल र आइटी ग्रयाजुएट निल कंडेलले लन्डन ह्यारोमा कोनोसियर अफ सुसी एण्ड स्पाइस शुरु गरेका हुन् ।

सन् १९९६ देखि कोनोसियर नाममा इण्डियन कुजीन पस्कंदै आएको उक्त रेष्टुरेन्टलाई रिब्राण्डिङ गरि सुसी एण्ड स्पाइस नाम राखेर नेपाली र जापनीज खाना समेत थपिएको हो ।

सञ्चालकले नेपाली, जापनीज र इण्डियन कुइजिन एकै ठाउंमा उपलव्ध हुने रेष्टुरेन्ट नर्थवेष्ट लन्डनमा सम्भवतः यो पहिलो भएको बताएका छन् ।

सञ्चालकमध्ये एक जना सञ्चालक श्याम ढकाल नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने पनि आफूहरुको उद्देश्य रहेको बताउंछन् । ‘शुरुमा इन्डियन र जापनीज खानाबाट रेष्टुरेन्ट शुरु गरिएको थियो । तर, मलाई नेपाली भएर किन नेपाली खाना चाहिं प्रमोट नगर्ने भन्ने फिल भयो’, ढकालले भने, ‘नेपाली खानाबाहेकको जापनीज, इन्डियन खाना एकै ठाउंमा उपलब्ध छ । लोकेशन मनोरम, हाइजिन रेटिङ उच्च, पारिवारिक वातावरणले पनि यो विशेष छ ।’

यहां कष्टमर आउने बित्तिकै कोदो-फापरको रोटी र मुलाको अचार अन द हाउसका रुपमा दिइन्छ । यस क्षेत्रका अनुभवी स्पेशलिष्ट सेफ रवि श्रेष्ठले मःम, चाउमिन गोट करी जस्ता अनेक नेपाली स्वाद चखाउंछन् । अर्का सञ्चालक निल कंडेल लन्डनमा तीन कुइजिन पाइने रेष्टुरेन्ट आफ्नो पहिलो भएको दावी गर्छन् । उनले कोदो र फापरको रोटी, मुलाको अचार हरेक कष्टमरलाई ‘कम्प्लीमेन्ट्री’ दिइने बताए ।

जापनीजका सबै खाना जस्तै सुसी रोल, रामेन नुडल सुप, जापनीज रक्सी साके लगायत उपलब्ध छन् । इण्डियन खाना बटर चिकेन, हाइदरावादी बिरयानी, चिकेन टिक्का मसला, तन्दुरी किङ प्राउन, सालमोन टिक्का, तन्दुर मिक्सड ग्रील, चार ग्रील्ड ल्याम्ब चप्स, इण्डियन चिज पिज्जा आदि पाइन्छ ।

४५ सिट क्षमताको उक्त रेष्टुरेन्टमा हरेक खालका पार्टी गर्न सकिन्छ भने आउटडोर क्याटरिङ समेत गरिने सञ्चालकले जनाए ।

ह्यारो प्राइभेट स्कुल नजिक अवस्थित उक्त रेष्टुरेन्ट सोमबारबाहेक वीकडेजमा सांझ ५ देखि १० बजेसम्म र वीकेन्डमा दिउसो १ देखि राती १० बजेसम्म खुल्नेछ ।

यहां क्लासिक र सिग्नेचर ककटेल समेत उपलब्ध छ । स्वादिष्ट परिकारसंगै पारिवारिक वातावरण रहेको यस रेष्टुरेन्टमा विभिन्न मिटिङ समेत सञ्चालन गर्न सकिन्छ ।

हेरौं दुई नेपाली युवासंग नेपालीलिंकको भिडियो संवाद:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू