एनआरएनए एकता अधिवेशनमा २ हजार ६ सय ४३ प्रतिनिधि (सूची )


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको निर्णय अनुसार निर्वाचन समितिले २ हजार ६४३ जना डेलिगेट्सको सूची सार्वजनिक गरेको छ ।
यसअघि समितिले वैशाख १५ गते निर्वाचन प्रयोजनका लागि अनलाइन फारम भरेर आवश्यक कागजात पेश गरेका ६२५ जना डेलिगेट्सको नाम सार्वजनिक गरेको थियो ।
तोकिएको समयमा निवेदन दिने व्यक्तिहरूको कागजात र दस्तुर उपर निर्वाचन समितिले आवश्यक छानबिन गरी योग्य ठहरिएका डेलिगेट्सको नाम अन्तिम मतदाता नामावलीमा समावेश गर्ने निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
उनका अनुसार २ हजार ६४३ जना डेलिगेट्सको नाम समावेश गरिएको सूची निर्वाचन समितिको वेबसाइट र गैरीधारास्थित निर्वाचन समितिको कार्यालयको सूचनापाटीमा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
घिमिरेका अनुसार डेलिगेट्सबारे कुनै दावी वा विरोध भएमा निर्वाचन समितिको इमेल वा काठमाडौं गैरीधारास्थित निर्वाचन समितिको कार्यालयमा निवेदन दिन सकिने छ।
हालसम्म ६२५ जनाले मात्र तोकिएको कागजात बुझाइसकेका छन् भने बाँकी २०१८ जना डेलिगेट्सको हालसम्म डकुमेन्ट पूरा नभएकाले शुक्रबार साँझ ७ बजेभित्र तोकिएको डकुमेन्ट बुझाउनु पर्नेछ ।
अन्यथा आवश्यक डकुमेन्ट बुझाउन नसक्नेले महाधिवेशनमा भाग लिन नपाउने उच्चस्तरीय समितिका सदस्य कुँवरले जानकारी दिए ।
सर्वोच्चले दिएको परमादेशअनुसार शेष घले नेतृत्वको उच्चस्तरीय समितिले एकता महाधिवेशन गराउन वैशाख २० देखि २२ सम्मको मिति तय गरेको छ ।
यद्धपि महाधिवेशनबारे विवाद कायमै छ भने अदालतमा मुद्दा समेत छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५