प्रधानन्यायाधीश राउतसहितको टोली बेलायत भ्रमणमा


लन्डन- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहितको टोली अहिले बेलायत भ्रमणमा छ । टोली बेलायत सरकारको निम्तोमा यहाँ आएको हो ।
बेलायत भ्रमणमा न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका सदस्य रितेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावत, रजिष्ट्रार विमल पौडेल सहितको टोली छ ।
भ्रमणका क्रममा नेपाल र बेलायतबीच न्यायिक अनुभव र सहयोग आदानप्रदानसम्बन्धी सहमति समेत भएको छ ।
प्रधानन्यायाधीश राउत र बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीडबीच भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बुधबार बेलायतको सर्वोच्च अदालत परिसरमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
भेटमा दुई देशको न्यायप्रणाली र न्यायिक अभ्यासकाबारेमा अनुभव आदानप्रदान गर्ने सहमति भएको थियो । त्यसपछि दुई देशका सर्वोच्च अदालतबीच सद्भाव र सहयोग आदानप्रदानका लागि ‘एक्सचेज अफ गुडवील लेटर’मा हस्ताक्षर भएको हो ।
नेपाली टोलीले बेलायत भ्रमणका क्रममा बेलायती संसद हाउस अफ कमन्सका सभामुख, रोयल कोर्ट अफ जस्टिस, कमर्सियल कोर्टका न्यायाधीश लगायतका अधिकारीहरुलाई भेट्घाट गरेको छ ।
प्रधानन्यायाधीश राउतको सम्मानमा लन्डनस्थित नेपाली दूतावासले बुधबार एक ‘रिसेप्सन’ समेत गर्यो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५