स्कटल्याण्डमा नेपालीको रेष्टुरेन्टलाई एकैपटक तीन प्रतिष्ठित अवार्ड


लन्डन । गुल्मी आंपचौरबाट दुई दशकअघि बेलायत टेकेका सागर भण्डारी र टिकाराम खरेलले रेष्टुरेन्ट व्यवसायमा सफलता चुम्दै गएका छन् । उनीहरुले सञ्चालन गरेका रेष्टुरेन्टहरु व्यवसायिक रुपमा जति सफल छन्, अवार्ड जितेर त्यति नै प्रतिष्ठित पनि ।
भण्डारी र खरेलले सञ्चालन गरेको बेलीफ भारतीय रेष्टुरेन्टले विगत १० वर्षदेखि निरन्तर अवार्ड पाइरहेका छन् । यसै सिलसिलामा गत १४ अप्रिल ग्लास्गो हिल्टनमा आयोजित ‘स्कटिस करी अवार्ड-२०२५ ‘ मा बेलीफले तीनवटा अवार्ड प्राप्त गर्न सफल भए ।
स्कटल्याण्डका तीन स्थानमा सञ्चालन भइरहेका बेलीफ ब्रान्डअन्तर्गतका रेष्टुरेन्टले विभिन्न विद्यामा अवार्ड हासिल गरेका हुन्।
विगत १२ वर्षदेखि पम्पर्सटनमा सञ्चालित बेलीफ इण्डियन रेष्टुरेन्टले यसवर्ष म्यानेजर अफ द इयर (सागर भण्डारी) र साउथ इष्ट स्कटल्यान्डबाट ‘करी रेष्टुरेन्ट अफ द इयर’ अवार्ड जिते ।
प्रवन्धक सागर भण्डारीले आफ्नो सक्षम नेतृत्व र बेलीफको स्वादिलो परिकारका कारण सम्मान मिलेको बताए ।
उता, बाथगेटस्थित बेलीफ इन्डियन रेष्टुरेन्टले स्कटल्याण्डको उदाउँदै गरेको करी रेष्टुरेन्टका रुपमा ‘इमर्जिङ करी रेष्टुरेन्ट अफ द इयर’ अवार्ड जितेको छ ।
उक्त सम्मानले नयाँ शाखाको द्रुत सफलतालाई पुष्टि गरेको भण्डारी बताउंछन् ।
भण्डारी र खरेलको एडिनबरास्थित बेलीफ एक्सप्रेस (टेकवे) ले पनि उच्च गुणस्तरिय परिकार उपलब्ध गराउँदै आएको छ ।
रेष्टुरेन्टका प्रवन्धक सागर भण्डारीले आफ्नो ‘ब्राण्ड’ यूकेभर विस्तार गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।
‘बेलीफ साधारण रेष्टुरेन्टमात्र होइन, यो स्कटल्याण्डमा सञ्चालित टिपिकल भारतीय रेष्टुरेन्ट चेन पनि हो’, प्रवन्धक भण्डारीले भने, ‘हामी ठूलो र मिहेनती टिमको साथमा स्कटल्याण्ड र बेलायतभर बेलीफको सञ्जाल फैलाउने लक्ष्यमा छौं।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५