क्यानडाको ‘ट्राभल एन्ड भेकेसन शो’ मा नेपाली दूतावास सहभागी


 
    
    

अटवा- क्यानडाको राजधानी अटवास्थित नेपाली दूतावासले यही १२–१३ अप्रिलमा आयोजना गरिएको ‘ट्राभल एन्ड भेकेसन शो’ मा छुट्टै स्टल स्थापना गरी सहभागिता जनाएको छ।
नेपाली स्टलमा ठूलो संख्यामा आएका आगन्तुक तथा साहसिक पर्यटकहरूले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे चासो देखाएका थिए ।
धेरैजसो भिजिटरहरुले ट्रेकिङ, हाइकिङ, जङ्गल सफारी, ध्यान तथा मानसिक शान्तिका केन्द्रहरु, हिन्दू र बौद्ध धार्मिक स्थलहरू, साथै हवाई सम्पर्क र भिसाका व्यावहारिक पक्षहरूबारे सोधपुछ गरेका थिए ।
पूर्वी क्यानडाको यस प्रमुख वार्षिक पर्यटन मेलामा नेपाली दूतावास नियमित रूपमा सहभागी हुँदै आएको छ। उक्त मेलामा दूतावासले फ्लायर, पोस्टर तथा विभिन्न प्रचारात्मक सामग्री वितरण गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी वृत्तचित्र र भिडियोहरू पनि प्रदर्शन गरेको थियो ।
मेलाभरि दूतावासका कर्मचारीहरूले नेपालका प्रमुख पर्यटकीय स्थल, सांस्कृतिक स्थान, पदयात्रा मार्ग, मौसम तथा जलवायु अवस्थाका साथै आवागमन, बसोबास र अन्य व्यवस्थापन सम्बन्धी जिज्ञासाहरूको जवाफ दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५
 
 




 
 
 
 
 
 
 
 
 
 
