एकता महाधिवेशनबारे छलफल गर्न शेष घले बेलायत आउंदा सहजीकरण गरिदिन अनुरोध


लन्डन । सर्वोच्च अदालतको आदेशमा एकता महाधिवेशन गर्न गठित एनआरएनए उच्चस्तरिय समितिका संयोजक डा. शेष घले बेलायत आउने निश्चित भएको छ ।
आगामी ३ देखि ५ मेसम्म काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनबारे छलफल साथै उच्चस्तरिय समितिको प्रगति विवरण सार्वजनिक गर्न डा. घले मार्च २२ र २३ मा बेलायतमा रहने भएका हुन् ।
एनआरएनए उच्चस्तरिय समितिकी सदस्य सचिव जानकी गुरुङले एनआरएनए यूकेलाई सम्बोधन गर्दै लेखेको एक पत्रमा डा. घलेको बेलायत कार्यक्रमलाई सहजीकरण गरिदिन अनुरोध छ ।
डा. घलेले गैर आवासीय नेपाली संघको सदस्यता लिएर एकता महाधिवेशनमा सहभागी हुन बेलायतवासी नेपालीलाई अपिल गर्ने कार्यक्रम छ ।
डा. घले २३ मार्चमा अल्डरसटको प्यालेसमा हुने एकता अधिवेशनमा प्रमुख अतिथी बन्ने एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए ।
उक्त अधिवेशनका लागि वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने पनि विशेष अतिथीका रुपमा सहभागी हुंदैछन् । अहिले एनआरएनए यूकेले ‘मेम्बरसीप ड्राइभ’ लाई प्राथमिकता दिइरहेको गाहामगरले बताए ।
पत्र-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५