चन्द्रालाई क्यानाडामा प्रतिष्ठित ‘किङ चार्ल्स थर्ड कोरोनेशन मेडल’


क्यानाडा । नेपाली समाजकी अगुवा एनआरएन क्यानाडा महासचिव चन्द्रा अधिकारीले प्रतिष्ठित मेडल प्राप्त गरेकी छन् । उनले ‘किङ चार्ल्स थर्ड कोरोनेशन मेडल’ प्राप्त गरेकी हुन् ।
क्यानाडा सरकारले सामाजिक सेवामा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई यो पदक प्रदान गर्ने गर्छ। यो सम्मान प्राप्त गर्ने अधिकारी क्यानाडामा पहिलो नेपाली महिला हुन् ।
‘यो सम्मान मेरो मात्र होइन, सम्पूर्ण नेपाली समुदायको हो’- सम्मान प्राप्त गरेपछि अधिकारीले भनिन्, ‘मैले यो पदक आफ्नो लागि होइन, सिंगो नेपाली समुदायको सेवामा समर्पित भएर पाएकी हुँ। यो सम्मान सम्पूर्ण नेपाली समुदायकै हो। मलाई अझ ठूलो जिम्मेवारी बोध भएको छ।’
अधिकारीले कोभिड-१९ महामारीको कठिन समयमा नेपाली विद्यार्थीहरूका लागि राहत वितरण, आपतकालीन सहयोग, सामाजिक हिंसाविरुद्धको अभियान तथा विपद् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।
समस्या परेको बेला नेपालीको छेउमा चन्द्रा अधिकारी भन्ने विश्वास क्यानाडाको नेपाली समुदायमा छ ।
सानै उमेरदेखि सामाजिक सेवामा होमिएकी अधिकारीले दुर्घटनाग्रस्त नेपालीहरूको उद्धार, समुदायमा कानुनी सहायता, मानसिक स्वास्थ्य जागरण तथा असहायलाई सहयोग गर्दै आएकी छन् । उनको नेतृत्वमा धेरै नेपालीले न्याय र सहयोग पाएका छन्।
उनको यो सम्मान सामाजिक सेवामा लाग्ने नयाँ पुस्ताका लागि प्रेरणा बन्ने विश्वास गरिएको छ ।
‘नेपाली समाजलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने अधिकारीलाई यो पदक दिइनु प्रवासी नेपालीहरूको अथक मेहनत र योगदानको सम्मान पनि हो’- स्थानीय एक अभियन्ताले भने ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५