मंगलबार, चैत ४, २०८१
23:00 | ०४:४५

१०औँ राष्ट्रिय खेलकुद जेठ ३ देखि कर्णालीमा

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२५


काठमाडौँ– कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

यसअघि राखेपको ११८ औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

६ राष्ट्रिय खेल संघ निलम्बन

बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ छन् ।

राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल सङ्घलाई कार्वाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू